www.tandavnews.com
Fact ~ In search of truth

माैसम अपडेट : आज दिनभर वर्षा हुने पूर्वानुमान

पोखरा
ताण्डव न्यूज ।

मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम बदली भई दिनभर वर्षा हुने सम्भावना रहेको बताएको छ ।

बिहान मौसम सम्बन्धी बुलेटिन जारी गर्दै महाशाखाले देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभावका कारण दैनिकजसो वर्षा भइरहेको बताएको छ । आज दिउँसो देशका पहाडी भू–भागका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।

Batas

यस्तै देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको पनि महाशाखाले जनाएको छ । आज राति देशका पहाडी भू–भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने बुलेटिनमा उल्लेख गरिएको छ । देशका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.