www.tandavnews.com
Fact ~ In search of truth

भारतमा मे महिनाको दोस्रो सातादेखि दैनिक ९ लाखसम्म सङ्क्रमित थपिने वैज्ञानिकको चेतावनी

एजेन्सी ।

अमेरिकी वैज्ञानिकहरुले भारतमा मे महिनाको दोस्रो सातादेखि दैनिक कोरोना सङ्क्रमणको दर विश्वकै उच्च स्तरमा पुग्ने चेतावनी दिएका छन् ।

अमेरिकाको मिशिगन विश्वविद्यालयका महामारी विज्ञानका डाक्टर भ्रमर मुखर्जीले भारतमा जारी कोरोनाको दोस्रो लहरले मे महिनाको दोस्रो सातादेखि प्रतिदिन ८ देखि ९ लाख सङ्क्रमित हुन सक्ने र अवस्था झन् बढी भयावह बन्न सक्ने चेतावनी दिएका हुन । डाक्टर मुखर्जीले भारतमा महामारी नियन्त्रणका लागि तत्काल कडा कदम नचाले भारतको अवस्था निकै नाजुक बन्न सक्ने उल्लेख गरे ।

Batas

भ्रमर महामारीसम्बन्धी तथ्याङ्क अध्ययन गर्ने वैज्ञानिक हुन् । उनले मार्च महिनादेखि नै भारतमा कोरोना महामारीको अवस्थाबारे अध्ययन गर्दै आएका थिए । उनले यसअघि नै भारतमा कोरोनाको दोस्रो लहरले अवस्था भयावह बन्न सक्ने चेतावनी दिईसकेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.