www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा: राम्दी घाटमा २५ भन्दा बढी मलामी जम्मा हुन नपाइने

स्याङ्जा ।

गल्याङ नगरपालिका–१ राम्दी घाटमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जनाभन्दा बढी मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।

स्थानीयवासी शिवहरि अमात्यले २५ जनाभन्दा बढी मलामी राम्दीमा जम्मा हुन नपाउनेसहितका निर्णय गरिएको बताए । अमात्यका अनुसार बिहान ६ः०० देखि साँझ ६ः०० बजेसम्म मात्रै शव जलाउन पाइने भएको छ ।

Batas

अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको उनले बताए । यस्तै मलामीहरु खानपिनका लागि बजारमा बस्न नपाउने र बजार डुल्न नपाउने निर्णय गरिएको छ । कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।

स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा शव जलाउनका लागि स्याङ्जा, पाल्पा, रुपन्देहीबाट समेत ल्याइने गरिन्छ । कोरोना संक्रमण बढेसँगै त्रसित बनेका राम्दीका स्थानीय बासिन्दाले मलामी धेरै आउँदा आफूहरुलाई सङ्क्रमणको जोखिम बढी हुने भएकाले २५ जनाभन्दा बढी मलामी आउनाका साथै मलामी आउनेलाई बजार क्षेत्रमा हिँड्डुल गर्न रोक लगाइएको स्थानीयवासी सुशीला श्रेष्ठले जानकारी दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.