www.tandavnews.com
Fact ~ In search of truth

उम्मेद्वारीको टुंगो लागेलगत्तै हेलिकप्टर चढेर बादल पुगे हेटौँडा

काठमाडौं,
ताण्डव न्यूज ।

राष्ट्रिय सभा निर्वाचनमा डा. खिमलाल देवकोटा र रामबहादुर थापा बीच प्रतिष्पर्धा हुने पक्का भएको छ । एमाले स्थायी कमिटिको आजको बैठकले रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेसंगै दुईजनाबीच प्रतिष्पर्धा पक्का भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । उम्मेदवारीको टुंगो लागे लगत्तै तय थापा हेलिकप्टर मार्फत हेटौंडा पुगेका छन् । जेठ ६ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यक्रम छ । बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित बादल माओवादी त्यागेर एमालेमा लागेपछि उनको सांसद पद गुमेको थियो ।

Batas

यसअघि हिजो एमालेले थापाको जीत सुनिश्चित गरेर मात्र बादललाई उम्मेदवार बनाउने तय भएको थियो । नेपाली कांग्रेस माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.