www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा हालसम्मकै धैरै संक्रमित, एकैपटक ८९३ जनामा संक्रमण

कास्कीमा मात्रै थपिए ४०२ जना

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज एकै दिन हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।

आज प्रदेशभर ८९३ जना संक्रमित थपिएका छन् ।जसमा आज पनि कास्की जिल्लाका धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । आज कास्कीका मात्रै ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

संक्रमित हुनेमा अन्य जिल्लाहरु पर्वतका १५७, म्याग्दीका ८९, नवलपरासी पूर्व ५३, गोरखाका ५२, बागलुङका ४९,तनहुँका ३३, स्याङ्जाका ३३, लमजुङका १३ र मुस्ताङका १ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित बन्नेको संख्या २१ हजार ७ सय ४ पुगेको छ ।

आज पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका ७ संक्रमितले ज्यान गुमाएका छन् जसमध्ये ५ जना गण्डकी प्रदेशका रहेका छन भने दुई जना अन्य जिल्ला बुटवल र दाङका रहेका छन् ।

उनीहरुको पोखराका छुट्टाछुट्टै अस्पतालमा उपचारको क्रममा ज्यान गएको निर्देशनालयले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.