www.tandavnews.com
Fact ~ In search of truth

नेपाल पत्रकार महासंघ गण्डकीद्धारा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

पोखरा।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

बुधबार पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्त्रण गरिएको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको उपस्थितिमा महासचिव सुवेदी, गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जरा र कोषाध्यक्ष राजेन्द्र न्यौपानेले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।

Batas

पर्वत, म्याग्दी र मुस्ताङका लागि प्रदान गरिएका सामग्री पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव गणेश पौडेल, महासंघ पर्वत शाखाका अध्यक्ष सन्तोष थापा र उपस्थित अन्य पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा महासंघ गण्डकीका सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले कोरोना संक्रमणको वर्तमान अवस्थामा फ्रन्टलाईनमा खट्ने पत्रकार जोखिममा रहेको बताए । स्वास्थ्य सुरक्षा समग्री प्रयोग गर्र्दै सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

महासंघ गण्डकीलाई नेलम्बो नेपालबाट प्राप्त माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री र लायन्स क्लव अफ पोखरा माछापुच्छ«ेबाट प्राप्त फेससिल्ड प्रदान गरिएको हो । महासंघ कास्की शाखा सहित प्रदेशका सबै जिल्लामा आवश्यकताको आधारमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने महासचिव सुवेदीले जानकारी दिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.