www.tandavnews.com
Fact ~ In search of truth

नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाण्डौँ
ताण्डव न्यूज ।

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बोलाईएको छ । आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ । हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ ।

Batas

काँग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत तयारी गरेको छ । ‘परिपक्व समय’ बनेमा अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि सांसदहरुको हस्ताक्षर संकलन गरेर राखिएको काँग्रेस नेताहरुले बताएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.