www.tandavnews.com
Fact ~ In search of truth

आज मे ८ : विश्व रेडक्रस दिवस मनाईदै

पाेखरा
ताण्डव न्यूज ।

आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ ।

नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।

Batas

कोरोना सङ्क्रमण भएका देशहरुमा भने औपचारिक कार्यक्रमहरु पनि हुँदैछ । नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका संस्थापक ड्युनाको सन् १८२८ को मे ८ मा जन्म भएको थियो ।

उनको जन्मदिनको अवसरमा नै हरेक वर्ष आजकै दिन रेडक्रस दिवस मनाउन थालिएको हो । रेडक्रसको मुख्य कामहरुमा मानवताको संरक्षण र युद्धग्रस्त क्षेत्रमा घाइतेहरुको उद्धार रहेको छ । रेडक्रस १९२ भन्दा धेरै देशहरुमा रहेको छ । नेपालमा सन् १९६३ बाट नेपाल रेडक्रसको सुरुवात भएको हो । ७७ वटै जिल्लामा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।

स्वयमसेवा उन्मुख संस्था भएकाले रेडक्रसका कामहरु विद्यार्थी, युवा स्वयम्सेवी, शिक्षक, समुदायका व्यक्तिलगायतले गर्दै आएका छन् । १९९० साल, २०४५ साल र २०७२ सालमा भूकम्पको मार खेपेको नेपालमा रेडक्रसले विपद् व्यवस्थापनमा उल्लेख्य काम गरेको थियो ।

रेडक्रसले अपाङ्गता भएका, सशस्त्र द्वन्द्वताका हराएका र बेपत्ता पारिएका परिवारलाई सही सूचना प्रदान गर्ने काममासमेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.