www.tandavnews.com
Fact ~ In search of truth

बाढी पहिरो प्रभावितहरुको निजी आवास पुनर्निर्माणका लागि रकम पठाउन ढिलाइ हुने

काठमाण्डौँ
ताण्डव न्यूज ।

गत वर्षको बाढी पहिरोबाट प्रभावितहरुको निजी आवास पुनर्निर्माणका लागि जिल्लामा रकम पठाउन ढिलाइ हुने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिले लाभग्राहीहरुको अन्तिम नामावली पठाउन नसकेका कारण रकम पठाउन ढिला हुने भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

२ हजार ८ सय २१ निजी आवास पुनर्निर्माणको प्रारम्भिक विवरण प्राप्त भएपनि जिल्लाबाट लाभग्राहीको अन्तिम नामावलीसहित माग भएपछि मात्रै रकम निकासा हुने प्रवक्ता लीलाधर अधिकारीले जानकारी दिए । सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दीसहित २२ जिल्ला प्रभावित भए पनि म्याग्दीको २ सय ४७ निजी आवास पुननिर्माणका लागि मात्रै पहिलो किस्ता पठाइएको उनको भनाइ छ ।

Batas

सरकारले गएको जेठ ३० यताका मनसुनजन्य विपद प्रभावितको निजी आवास निर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईका जिल्लामा ३ लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.