www.tandavnews.com
Fact ~ In search of truth

कोरोना मुक्त भए सांसद खिमविक्रम शाही

पोखरा
ताण्डव न्यूज ।

कोरोना संक्रमित भएर एक्कासी अस्पताल भर्ना भएका गण्डकी प्रदेश सभा सांसद खिमविक्रम शाही कोरोना संक्रमणबाट मुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाबाट सांसद रहेका शाहीलाई बैशाख १५ गते कोरोना पुष्टि भएको थियो ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि निर्णय हुने भनिएकै दिन एकाएक गायब भएका शाहीको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए ।

Batas

सरकारी ल्याबमा वैशाख १४ को स्वाब कलेक्सन पिसिआर रिपोर्ट नेगेटिभ आए पनि निजी ल्याबको परीक्षणमा पोजेटिभ देखिएपछि उनी संसद छली वैशाख १५ मा चरक मेमोरियल अस्पताल पुगेका थिए ।

सोही दिन पनि राति उनको रिपोर्ट पोजेटिभ नै आएपछि अस्पतालको कोभिड बार्डमा उपचार गराउँदै आएका थिए । एक सातासम्म अस्पतालको बसाइँपछि डिस्चार्ज भइ नजिकैको होटल सरेका उनको शुक्रबार रिपोर्ट नेगेटिभ आएपछि अन्ततः उनी कोरोनामुक्त भएका छन् । उनी नवौं दिनमा कोरोनामुक्त भएका हुन् । आइतवार उनी डेरा फर्किने बताइएको छ । संसद अधिवेशन अब वैशाख २७ मा डाकिएको छ । सो दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मत विभाजन हुनेछ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङसमेत कोभिड संक्रमित छन् । उनीसहित अरु ४ सदस्य पनि कोरोना संक्रमणको शिकार छन् । उक्त दिन कोरोना संक्रमितले पनि मताधिकार प्रयोग गर्न सक्ने व्यवस्था कार्य व्यवस्था परामर्श समितिले गरेको छ ।

प्रदेशमा कुल ६० सदस्य छन् । तीमध्ये नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका ३ र जसपाका २ तथा १ स्वतन्त्र सांसद छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.