www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरका पाँच सहित गण्डकीमा ९ जना कोरोना संक्रमितको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका पाँच सहित गण्डकी प्रदेशमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार आज पहिलो प्रेस विज्ञप्ती मार्फत ९ जना संक्रमितको मृत्यु भएको जनाएको हो । निर्देशनालयका अनुसार पोखरा १७का ५३ वर्षीय पुरुष, पोखरा २ की ५८ वर्षीया महिला र पोखरा २७का ५२ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

Batas

यस्तै, पोखरा ९ की ३१ वर्षीया महिलाको मेडिप्ल अस्पताल र पोखरा १९का ५८ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

रुपन्दैही जिल्ला, सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुष, स्याङ्जा जिल्ला, वालिङ नगरपालिका ३का ४५ वर्षीय पुरुष, म्याग्दी जिल्ला, मालिका गाउँपालिकाका ५८ वर्षीय पुरुष र स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ३ की ६० वर्षीयाा महिला संक्रमितको उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले विज्ञप्तीमा उल्लेख गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.