www.tandavnews.com
Fact ~ In search of truth

जसपाले प्रधानमन्त्रीको पक्ष र विपक्ष दुवैमा मतदान नगर्ने

काठमाडौं,
ताण्डव न्यूज ।

जनता समाजबादी पार्टी जसपाले विश्वासको मतको पक्ष र विपक्ष दुबैमा मतदान नगर्ने भएको छ ।

केहिबेर अघि प्रधानमन्त्रीलाई भेट्न पुगेका जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीको पक्षमा भोट दिन नसक्ने बताएका हुन् ।
जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको बालुवाटार श्रोतले जनाएको छ ।

Batas

‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भनेको छ ।
तर प्रधानमन्त्री ओलीले जसपाका मागहरुमा सरकार लचकताका साथ अघि बढीरहेको बताउँदै आफूलाई मत नदिएपनि दक्षीणपन्थीको साथमा नलाग्न आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि नेताहरुले सोही अनुसार गर्ने बचन दिएको श्रोतको भनाई छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.