www.tandavnews.com
Fact ~ In search of truth

अपडेटः पोखरामा उपचार गराइरहेका पर्वतका संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पर्वतका थप एक संक्रमितको उपचारको क्रममा ज्यान गएको छ ।

पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत पर्वत फलेवास नगरपालिका ५ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान ९ बजेर ३२ मिनेटको समयमा मृत्यु भएको स्वास्थ्य निर्देशनालले जानकारी दिएको छ ।

Batas

उनमा दुई दिन अगाडि अर्थात वैशाख २४ गते कोरोना संक्रमण देखिएका थियो । मृतक संक्रमितमा निमोनियाको समस्या रहेको थियो ।

यसअघि पर्वतका अर्का एक संक्रमितको यसअघि आजै बिहान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.