www.tandavnews.com
Fact ~ In search of truth

पोखराः राष्ट्रबैंक चोकमा बोलेरोले स्कुटरलाई ठक्कर दियो, स्कूटरमा सवार घाईते

पोखरा,
ताण्डव न्यूज ।

पोखराको राष्ट्रबैँक चोकमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक व्यक्ति घाईते भएका छन् ।

घाईते हुनेमा पोखरा नदीपुर बस्ने प्रकाश रेग्मी रहेको प्रत्यक्षदर्शी आर के लामाले ताण्डव न्यूजलाई जानकारी दिए । घाईतेलाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल ल्याइएको छ । उनको अवस्था सामान्य रहेको बताईएको छ । रेग्मी पोखरा आवाजमा कार्यरत रहेको बताईएको छ ।

Batas

ड्यामसाईडबाट रत्नचोक जाँदै गरेको ग २ च ८५६६ नम्बरको बोलेरो जीपको ठक्कबाट शहीदचोकबाट राष्ट्रबैँक चोक तर्फ आउँदै गरेको प्रदेश नं २ –०३–०१४ प ४०६० नंबरको स्कुटरलाई ठक्कर दिएको हो । ठक्कर दिने गाडीका चालक र सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.