www.tandavnews.com
Fact ~ In search of truth

ठूला निजी अस्पताललाई कोभिड अस्पताल बनाउन आग्रह

काठमाडौं ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोभिड–१९ महामारीमा अत्यावश्यक पर्ने अक्सिजन अभाव हुन नदिन सरकारले गम्भीर रुपमा काम गरिरहेको बताएका छन् ।

बालाजुस्थित जनमैत्री अस्पतालको आज अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले सरकारले अक्सिजनको अभाव हुन नदिन र महामारी नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जानकारी दिए ।

Batas

उनले देशभरका ठूला निजी अस्पताललाई आपत्कालीन रुपमा कोभिड अस्पताल बनाउन आग्रह गर्दै बिरामीको उपचारमा लाग्ने आवश्यक आर्थिक तथा प्राविधिक सहयोग राज्यले गर्ने आश्वासन दिए । राज्यमन्त्री मानन्धरले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्य क्षेत्रमा अक्सिजन अत्यावश्यक रहेको हुँदा अन्य क्षेत्रमा यसको खपत नगर्न उद्योगी तथा व्यवसायीलाई अनुरोध गरे ।

जनमैत्री अस्पतालमा आजैदेखि ३० शय्याको कोरोना अस्पताल सञ्चालन हुन लागेको छ । केही दिनभित्र ४० शय्याको सघन उपचार कक्षसहित १२० शय्या सञ्चालनमा ल्याइने अस्पतालका निर्देशक उमेश पाण्डेले जानकारी दिए ।

गत वर्ष महामारीमा भदौदेखि पुससम्म कोभिड बिरामीको उपचार गरेर अस्पताल पुनः बन्द भएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएपछि काठमाडौँ उपत्यका र बाहिरी जिल्लाका अस्पतालमा पनि अक्सिजनको अभावमा संक्रमित बिरामीले ज्यान गुमाएको खबर आइरहेका छन् ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.