www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा आज थपिए ६९९ संक्रमित, १२ जनाको मृत्यु

कास्कीका मात्रै ४३० जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज ६९९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार १ हजार ६ सय ९७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा आज पनि कास्की जिल्लाका धेरै छन् ।
आज कास्कीमा ४३० जना संक्रमित थपिएका छन् ।

Batas

अन्य जिल्लाहरु गोरखामा १०४, पर्वतमा १८, लमजुङमा १५, तनहुँमा ७७, स्याङ्जामा २६,पर्वतमा ४, म्याग्दीमा २, बागलुङमा २१, नवलपरासी पूर्वमा १,मुस्ताङ १ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार २ सय २९ पुगेको छ ।
आज गण्डकी प्रदेशमा १२ संक्रीमतले ज्यान गुमाएका छन् । यो सँगै ज्यान गुमाउनेको संख्या २६३ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.