www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनमा पनि लागूऔषध ओसारपसार

महेन्द्रनगर

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले मुलुकभर लकडाउन गरिरहँदा भारतसित सिमाना जोडिएको कञ्चनपुरमा भने लागूऔषधको कारोबार रोकिएको छैन । पछिल्लो दुई दिनमा प्रहरीले खैरो हिरोइनसहित दुई भारतीयसहित चार युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले दुई दिनअघि यहाँको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्तम्भ नजिक १२ ग्राम ६३० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित दुई भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश टाटरगन्ज तहसिल पुरनपुर थाना हजाराका १६ वर्षीय कृष्ण सिंह र २५ वर्षीय राजेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले यसअघि खैरो हिरोइन पैठारीमा यहाँका सीमा नाकाबाट एक दर्जनभन्दा बढी भारतीय युवकलाई पक्राउ गरेको छ ।

Batas

त्यसैगरी प्रहरीले यहाँको दोधारा चाँदनीबाट पनि स्थानीयवासी ३३ वर्षीय प्रेमदत्त भट्ट र वेदकोट नगरपालिका–२ का ३२ वर्षीय केशव खत्रीलाई खैरो हिरोइनसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक भरत गिरीले बताए । उनले अभियुक्तहरुको साथबाट १४.६९ ग्राम खैरो हिरोइनसमेत बरामद गरेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेका अभियुक्तहरुलाई मुद्दा चलाएर कारबाही अघि बढाइने बताए । “लागूऔषध कारोबारी प्रहरी लकडाउनमा व्यस्त छ भनेर सलबलाए”, उनले भने, “तर प्रहरीले सबैतिर निगरानी बढाइरहेको छ ।”

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.