www.tandavnews.com
Fact ~ In search of truth

देशका अधिकांश भू-भागमा वर्षा हुने

काठमाण्डाै
ताण्डव न्यूज ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा वर्षा हुने बताएको छ ।

महाशाखाले अहिले देशका केही भागमा वर्षा भइरहेको र देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको बताएको छ । आज बिहान मौसम सम्बन्धी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले पछिल्लो केही दिनदेखि देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाका कारण मौसममा बदली देखिएको पनि बताएको छ ।

Batas

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोसमेत महाशाखाको भनाइ छ । यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने बुलेटिनमा उल्लखे गरिएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.