www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी:म्याग्दी र पर्वतका गरी २ संक्रमितले गुमाए ज्यान

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज बिहान ११ बजे जारी गरेको विज्ञप्ति अनुसार म्याग्दी र पर्वतका दुई संक्रमितले ज्यान गुमाएका हुन् ।

Batas

मृत्यु हुनेमा एक जना म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय वृद्ध रहेका छन् । उनको बेनी अस्पताल म्याग्दीमा उपचाररको क्रममा हिजो (आइतबार वैशाख २६ गते) मृत्यु भएको हो । उनमा हिजै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पर्वत जिल्ला कुश्मा नगरपालिका ४ का ६७ वर्षीय संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या रहेको थियो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६५ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.