www.tandavnews.com
Fact ~ In search of truth

असन्तुष्ट नेपाल समुहभित्रै बाझियो मतःयूवा नेताहरु राजीनामा नगर्ने मोडमा

काठमाडौं,
ताण्डव न्यूज ।

अध्यक्ष केपी शर्मासंगको असन्तुष्टिलाई झण्डै राजीनामा सम्मको अवस्थामा पु¥याएका माधव नेपाल पक्षका एमाले सांसदहरुले अन्ततः राजीनामाको बाटो भने मोडेका छन् ।

उनीहरुले तत्काल राजिनामा नदिने प्रारम्भिक जानकारी बाहिर आएको छ । असन्तुष्ट समूहभित्रै समेत सांसदहरुको मत बाझीएपछि सामूहिक राजीनामा रोकिएको श्रोतले जनाएको छ । अहिले सांसद पदबाट नै राजीनामा दिन नहुने पक्षका नेताहरु छुट्टै छलफलमा छन् ।

यसरी छलफलमा रहने नेताहरुमा घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका छन् । आफ्ना समूहका प्रभावशाली नेताहरु नै विपक्षमा भएपछि नेता नेपालले निर्णय गर्न सकिरहेका छैनन ।

नेपाल पक्षका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

त्यस लगत्तै नेपाल पक्षकै घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा छन् । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दबाब यी नेताहरुमाथि छ ।

यद्यपी माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेता कुनै पनि हालतमा केपी ओलीसँग रहन नसकिने भन्दै राजीनामा दिएर नयाँ पार्टी गठनको प्रक्रियामा जानुपर्ने पक्षमा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.