www.tandavnews.com
Fact ~ In search of truth

महामारीमा कृत्रिम अभाव र कालोबजारी रोक्न अनेरास्ववियु कास्कीको माग

पोखरा,
ताण्डव न्यूज ।

कोरोना भाईरसको महामारीका बेला बजारमा दैनिक उपभोग्य सामाग्री तथा औषधीजन्य सामाग्रीहरुको कृत्रिम अभाव तथा कालोबजारी नगर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कास्कीले आग्रह गरेको छ ।

कमिटिले आज जारी गरेको प्रेस विज्ञप्तिमा कालो बजारीमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही गरी अनुगमन प्रणालीलाई चुस्त दुरुस्त रुपले प्रभावकारी बनाउन माग समेत गरिएको छ ।

Batas

‘महामारी को यो अवस्थामा निजि अस्पतालहरुले बिरामीको आर्थिक अवस्था हेरी बेड छ वा छैन भन्ने बुझिन आएको र मनोमानी ढङ्गले शुल्क असुल गरेको हुनाले सो कुराको अनुगमन गरी आवश्यक कारवाही गर्न जोडदार माग गर्दछौ ।’ विज्ञप्तिमा उल्लेख छ ।

साथै आवश्यक परेको खण्डमा अनेरास्ववियु स्वयमसेवकको भुमिका निर्वाह गर्न तयार रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.