www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेटः फेरि ८ संक्रमितको गयो ज्यान

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि थप ७ संक्रमितले ज्यान गुमाएका छन् ।ज्यान गुमाउनेमा पोखराका दुई जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार गण्डकी प्रदेशका ७ र पोखरामा उपचार गराइहेका बुटवलका १ गरि पोखरामा आज ८ संक्रमितको मृत्यु भएको हो ।

Batas

ज्यान गुमाउनेमा पोखरा महानगरपालिका ७ का ६७ वर्षीय संक्रमित रहेका छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा हिजो (आइतबार वैशाख २६) मृत्यु भएको हो ।

त्यस्तै पोखरा महानगरपालिका १३ का ८७ वर्षीय पुरुषको होमआइसोलेसनमा रहेकै अवस्थामा आज बिहान मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा अर्का संक्रमित स्याङ्जा फेदीखोला गाउँपालिका ९ की ६२ वर्षीया महिला रहेकी छिन् । उनको गण्डकी मेडिकल कलेजमा हिजो उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै स्याङ्जा गल्याङ नगरपालिका ३ का ८४ वर्षीय संक्रमित पुरुषले चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाए ।
यसैबीच गण्डकी मेडिकल कलेजमा उपचाररत म्याग्दी धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय संक्रमित पुरुषको पनि ज्यान गएको छ ।

यस्तै उता बागलुङको धौलागिरी अस्पतालमा उपचार गराइरहेका पर्वत कुश्मा १ का ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।
यस्तै तनहुँ जिल्ला भानु नगरपालिका १ का ६५ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । उनको दमौली अस्पतालमा ज्यान गएको हो ।

यस्तै रुपन्देही जिल्ला बुटवल महानगरपालिका १ का ३४ वर्षीय संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या २७३ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.