www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्रीको जस्तो हठ मैलेपनि सिक्नुपर्ने भयो : प्रचण्ड

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट आफूले सिक्नुपर्ने सोचिरहेको बताएका छन् ।

ज्यान जाला सत्ता छोड्नु हुँदैन भन्ने सोचले प्रधानमन्त्री अगाडि बढेको आरोप लगाउँदै प्रधानमन्त्रीबाट आफूले पनि सिक्नुपर्ने बताए । प्रचण्डले सत्ता प्राप्तिपछि प्रधानमन्त्रीको हठ बढेको बताए ।

Batas

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा सोमबार भएको छलफलमा भाग लिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक झगडाका कारण प्रधानमन्त्रीले संसद भंग गरेको स्मरण गरे ।

उनले फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरे ।सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीले स्वीकार गर्नुभयो होला भन्ने लागेको भएपनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा फैसला मान्न तयार नभएको प्रष्ट पारेको उनले बताए

७६ (२) को सरकार भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्थ्यो,’ उनले भने, ‘तपाईं विश्वासको मत लिनुपर्ने ठाउँमा समर्थन फिर्ता किन नलिएको भन्नुभयो । समर्थन फिर्ता लिँदा फेरि यसलाई विघटन गर्नुहुन्छ कि भनेर हामीले डरले मात्रै नलिएको हो ।’

उनले अहिले विश्वासको मत लिने प्रक्रिया स्वभाविक नलाग्ने पनि बताए। ‘तपाईंले यो विश्वासको मत लिने कुरा स्वभाविक लाग्दैन । प्राकृतिक लाग्दैन। नाटकीय–नाटकीय लाग्छ,’ प्रचण्डले भने।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.