www.tandavnews.com
Fact ~ In search of truth

यादव भन्छन विपक्षमा मतदान गर्छौँ, ठाकुर भन्छन तटस्थ बस्छौँ

काठमाडौं,
ताण्डव न्यूज ।

संघीय संसदमा अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि जारी छ । प्रधानमन्त्रीले विश्वासको मत मागेपछि विपक्षी दलका नेताहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने कारणहरु पेश गरिरहेका छन् ।

तर जनता समाजबादी पाटी नेपालका तर्फबाट बोल्ने नेताहरुको भनाई भने एकै किसिमको आएको छैन । संसदमा बोल्दै जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कसैको पनि पक्ष र विपक्षमा नरहेको बताएका छन् । उनले भने, ‘संसदमा हामी पक्षमा पनि छैनौं र विपक्षमा पनि छैनौँ, किनकी लोकतन्त्र आइसकेपछि पनि हामी पीडित छौं ।’

Batas

आफ्नो सांसद रेशम चौधरीलाई आजको बैठकमा देख्न चाहेको बताउँदै उनले संविधान र आफ्ना नेता कार्यकर्तामाथि लागेका अभियोग र आरोपविरुद्ध तीव्र रोष प्रकट गरे ।

तर सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले भने विश्वासको मतको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको बताए । ‘प्रधानमन्त्रीले सहमति गर्नुहुन्छ तर कार्यान्वयन नगरी विश्वासघात गर्नुहुन्छ । जुन संसदलाई असंवैधानिक ढंगले विघटन गर्नुभयो त्यही संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ । जुन संसदमा तपाईको आफ्नै विश्वास छैन त्यो संसदले तपाईलाई किन विश्वासको मत दिने ?’, यादवले प्रश्न गरे ।

एउटै पार्टीका दुई नेतामध्ये ठाकुर र यादवको भनाई आफैमा एकरुपता नभएको देखिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.