www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा खानेपानीका १५ आयोजना सम्पन्न

लमजुङ ।

लमजुङमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका­८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालयद्वारा सञ्चालन गरिएका ५० आयोजनामध्ये १५ वटाको काम सकिएको हो ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७७-७८ मा सञ्चालन भएका ५० वटा योजनाका लागि  ११ करोड ६० लाख ५० हजार बजेट रहेको छ । कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका आयोजनामा  २४ लाख लागतको दोर्दी गाउँपालिका­२ को अर्चलबोट खानेपानी आयोजना,   ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका­७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ ।

Batas

त्यस्तै १२ लाख लागतको मध्यनेपाल नगरपालिका­८ को कल्याणबेँसी खानेपानी योजना, १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङदी गाउँपालिका वडा नं. १ र २ को घनापोखरा खानेपानी आयोजना १२ लाखमा सम्पन्न भएको छ ।

त्यस्तै दोर्दी गाउँपालिका­८ वनसार खानेपानी आयोजना रु ३७ लाख, राइनास नगरपालिको राइनास बृहत खानेपानी आयोजना ३२ लाख ५० हजार, बेँसीशहर नगरपालिका­४ को हिले खानेपानी आयोजना, चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ । मस्र्याङदी गाउँपालिका­४ को मिप्रा स्याँगे खानेपानी आयोजना १२ लाख रुपैयाँमा काम सकिएको छ ।

त्यस्तै, क्व्होलासोंथर गाउँपालिका­६ को पसगाउँ खानेपानी आयोजना ३७ लाख, बेँसीशहर नगरपालिका­२ मा १२ लाखमा असिमुरे खानेपानी आयोजना, १२ लाख रुपैयाँमा सुन्दरबजार नगरपालिका­ ५ खरिभञ्ज्याङ खानेपानी आयोजना,  ३६ लाखमा मध्यनेपाल नगरपालिका­३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका­८ को बलिथुम खानेपानी आयोजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।

बाँकी अन्य निर्माणाधीन आयोजनाहरु समेत अन्तिम अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालले बताए । उनका अनुसार संघीय सरकारबाट हस्तान्तरण भएका योजनाहरु सशर्त अनुदानका २५ योजनामध्ये नौ आयोजनासमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाहरुको काम तीव्रगतिमा अघि बढिरहेको बताइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.