www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंः उपत्यकामा दुई साता लम्बियो निषेधाज्ञा, अब होटेल र पार्टी प्यालेसमा हुने विवाहमा रोक

निर्माणका काम पनि बन्द

काठमाडौं ,
ताण्डव न्यूज ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा दुई हप्ता थपिने भएको छ । पहिलो चरणको निषेधाज्ञा सकिन एक दिन अघि काठमाडौंमा फेरि दुइ साता थपिएसँगै अब निषेधाज्ञा जेठ १३ गते सम्म हुने भएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यक बाहेकका कार्यालय समेत बन्द हुने भएको छ।

Batas

पहिलो चरणको निषेधाज्ञामा प्राथमिकतामा परेको निर्माण कार्य यसपाली भने रोकिने भएको जिल्ला अधिकारीहरुले बताएका छन् । राष्ट्रिय महत्वका विकास आयोजनाबाहेकका सबै विकास निर्माणसँग सम्बन्धित काम बन्द हुने भएको हो । त्यस्ता काममा आवासीय रूपमा खटिएर काम गर्नेलाई मात्र छुट दिइने भएको छ ।

यस्तै होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइने भएको छ ।अब काठमाडौंमा अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।

यस्तै, अत्यावश्यकबाहेक कामका सरकारी तथा अन्य कार्यालयहरू पनि बन्द गर्ने निर्णय गरिएको पराजुलीले बताए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.