www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंको कालीमाटी तरकारी बजार बन्द

काठमाडौं ।

पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना संकमितको संख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।

तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो ।

Batas

समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एकवटा थोक पसलमा अधिकतम दुईजना बसी सामाजिक दूरी कायम गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।

समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण रुपमा बन्देज लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन ¥यार्क-होल्डिङ ¥यार्कमा कारोबार गर्नु निर्देशन दिसकेको छ । गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.