www.tandavnews.com
Fact ~ In search of truth

शुक्रराज अस्पतालमा किट अभाव, पिसिआर टेष्ट रोकियो

काठमाडौं ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ ।

अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताए ।

Batas

‘हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ’, उनले भने, ‘अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।’ उनका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.