www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज ६२४ जनामा संक्रमणः१२ जनाको मृत्यु

संक्रमित हुनेमा पोखराका मात्रै ३२८ जना

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६२४ जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितसँगै गण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५ सय ६ जना पुगेको छ ।

Batas

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज पोखरामा मात्रै ३२८ जना संक्रमित थपिएका छन् ।भने कास्कीको अन्नपूर्ण गाउँपालिकाका २५, माछापुच्छ्रेका १ र रुपाका २ गरि कास्की जिल्लाभरी आज कुल ३५६ जना संक्रमित थपिएका छन् ।

यस्तै आज तनहुँका ३७,पर्वतका ६०,गोरखाका २,स्याङ्जाका ८७,बागलुङका २,लमजुङका ३, म्याग्दीका ८, नवलपरासीका ४५ र मुस्ताङका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा पोखराका ६ सहित प्रदेशमा १२ जनाको ज्यान गएको छ । यो सँगै हालसम्म प्रदेशमा २८८ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय गण्डकीमा ११२ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार १ सय ८५ रहको छ ।
प्रदेशमा हाल ६ हजार ३३ जना सक्रिय संक्रमित थपिएका छन् । ति मध्ये ५ हजार ८ सय ७६ जना होम आइसोलेसनमा रहका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.