www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ : कोभिड-१९ सहयोग उपसमितिलाई भण्डारीद्धारा १० हजार सहयोग

पोखरा
ताण्डव न्यूज ।

कोभिड-१९ महामारी विरुद्ध लड्न पोखरा महानगरपालिका-२१द्धारा गठित सहयोग समितिलाई सहयोग प्राप्त भएको छ ।समितिलाई पोखरा २१ बाँझी पोखरी निवासी चन्द्रकान्त भण्डारीले नगद सहयोग गरेका हुन् ।

भण्डारीले कोभिड-१९ सहयोग उपसमिति पोखरा-२१का संयोजक अर्जुन गिरीलाई १० हजार रुपैयाँ हस्तान्तरण गरे । भण्डारीले आवश्यकताको आधारमा आगामी दिनमा पनि सहयोगको लागि तयार रहने प्रतिबद्धता जनाए ।

Batas

समितिका संयोजक गिरीले सहयोगकोलागि धन्यवाद दिए । महामारीका बेला वडाबासीलाई आइपर्ने अभाव तथा सबैप्रकारका समस्याका लागि समिति सदैव तयार रहेको उनको भनाइ थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.