www.tandavnews.com
Fact ~ In search of truth

खनाल,नेपाललाई दोषी देखाएर एमाले विभाजन गर्न खोजियो : एमाले नेता भुषाल

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा एमालेका नेता घनश्याम भुषालले झलनाथ खनाल र माधव नेपाललाई दोषी देखाएर एमाले विभाजनको षड्यन्त्र गरिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भुसालले नेपालमा संविधान जारी हुँदा असफल भएका र प्रतिनिधिसभा पुनःस्थापना हुँदा दोस्रो पटक असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा बिघटन गराएर आफूहरूसँग बदला लिन खोजेको आरोप लगाएका हुन ।

Batas

भुसालले भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहको एमालेलाई विभाजित गरिँदैछ ।विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर, आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

भुसालले यसो भनेर यदि जसपाको महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनको पक्षमा नउभिए केपी ओलीलाई सत्ताबाट हटाउन माधव नेपाल पक्षले सांसदबाट राजीनामा दिने संकेत गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.