www.tandavnews.com
Fact ~ In search of truth

डेढ घण्टा बाँकी : जनमोर्चाका सांसद थापा हस्ताक्षर नगरी बाग्लुङ हानिए

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारमा सानो दल र थोरै सांसद भएर पनि निर्णायक धारमा रहेको जनमोर्चाका सांसद कृष्ण थापाले पोखरा छाडेका छन् । सांसद थापा पोखरा छाडेर गृहजिल्ला बाग्लुङ तर्फ हिँडेका हुन् । ताण्डव न्यूजसंगको कुराकानीका क्रममा थापाले आफू बाग्लुङ तर्फ जान लागेको बताए ।

हस्ताक्षर गर्नैपर्ने बाध्यात्मक परिस्थिति आइहाले त्यसलाई छल्नका लागि सजिलो हुने उपायका रूपमा उनले गृह जिल्ला प्रस्थानलाई रोजेका हुनसक्ने अनुमान गरिएको छ ।

Batas

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज अपरान्ह ४ बजे सम्म मात्र रहेको अवस्थामा सांसद थापाको बाग्लुङ यात्राले पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त हुन सक्ने सम्भावनालाई बल पुगेको छ । किनभने उनी एक जनाको हस्ताक्षर विना विपक्षी दलहरुसंग सरकार गठनका लागि आवश्यक संख्या पुग्दैन ।

उनले प्रदान गर्ने एक मत नै सरकार बन्ने र नबन्नेमा निर्णायक बनेको अवस्थामा पोखरा छाड्नुलाई अर्थपूर्ण रुपमा लिईएको छ । यसअघि पनि थापाले काँग्रेस माओबादी गठबन्धनलाई साथ दिन नसक्ने भन्दै आएका थिए ।

समय सीमा भित्र दलहरूले बहुमत जुटाउन नसकेको अवस्थामा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गर्नेछिन् । बहुमतको सरकार गठन हुन नसकेको अवस्थामा ठुलो दलको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने संवैधानिक प्रावधान छ ।

३ जना सांसद रहेको जनमोर्चाको केन्द्रीय समितिले भने काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्ने निर्देशन दिईसकेको छ । सांसद थापाले केन्द्रको निर्णयको समेत वेवास्ता गरेका हुन् ।

६० जना प्रदेश सभा सदस्य रहेको गण्डकी प्रदेशमा एमालेका २७ जना, कांग्रेसका १५ जना, माओवादी केन्द्रका १२ जना, जनमोर्चाका तीन जना तथा जसपा र स्वतन्त्रबाट एक÷एक जना सांसद रहेका छन्। नयाँ सरकार गठनका लागि ३१ जना सांसदको आवस्यकता पर्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.