www.tandavnews.com
Fact ~ In search of truth

पूर्वमन्त्री बस्नेतका पहलमा निशुल्क कोभिड–१९ सेवा केन्द्र सञ्चालन गरिने

काठमाडौं ।

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेका छन् ।

जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उनले जानकारी दिए ।

Batas

उनले भने, ‘सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ । भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुने छ । विस्तृत जानकारी कामको स्थलगत प्रक्रिया शुरु भएपछि गराउने छु ।’

पूर्वमन्त्री बस्नेतले आफूसँग भएको एउटा गाडी (जीप)बाट सिन्धुपाल्चोकमा कोडिड–१९ या अन्य रोग लागेका बिरामीलाई अस्पताल पु¥याउन दिने निर्णय गरेका छन् । गाडी आफूले फिर्ता नलिने गरी प्रदान गरिने उनले बताए।

उनका अनुसार बिरामीले कुनै पनि सेवा शुल्क तिर्नु पर्दैन । एउटा सञ्चालक समिति बनाएर सबै व्यवस्था गरिने छ । कोभिड–१९ संक्रमितहरु अस्पतालमा शय्या, अक्सिजन, भेन्टिलेटर, पर्याप्त विज्ञ र स्वास्थ्यकर्मी नपाएर मृत्युवरण गर्न बाध्य भएका परिस्थितिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउँदै उनले जनस्तरबाट पनि केही गर्नुपर्ने सोच राखी आफूले सो कार्य गर्न लागेको जनाए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.