www.tandavnews.com
Fact ~ In search of truth

‘गठबन्धन अस्त्र’ले काम गरेन, मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

पोखरा
ताण्डव न्यूज ।
विभिन्न अस्त्र प्रयोग गरेपनि बुहमत जुटाउन नसकेपछि गण्डकी प्रदेशमा विपक्षीको सरकार बनाउने प्रयास असफल भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बैशाख २६ गते राजीनामा दिएसँगै प्रदेश प्रमुखले विपक्षी दलहरुलाई सरकार गठनकालागि समय दिएकी थिइन् । आज अपराह्न ४ बजेसम्म दिइएको समयमा विपक्षीले बहुमत पुर्याउन सकेनन् ।

यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाकी पियारी थापाको साथ थियो ।

प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेकी थिइन् । आह्वानसँगै एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङलाई प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.