www.tandavnews.com
Fact ~ In search of truth

अलविदा ! गणेश

पोखरा
ताण्डव न्यूज ।

पोखराको गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार गणेश पौडेलको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि उपचाररत रहेका पौडेलको पोखराको गण्डकी मेडिकल कलेजमा आज विहान ५ बजेको समयमा मृत्यु भएको पत्रकार अपिल त्रिपाठीले जानकारी दिए ।

Batas

४२ वर्षीय पौडेललाई गत वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीमा अन्य कुनै दीर्घरोग नरहेको बताईएको छ । पौडेल विगत १३ वर्ष अघिदेखि गण्डकी टेलिभीजनमा आवद्ध थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.