www.tandavnews.com
Fact ~ In search of truth

संवादहीनता तोड्दै ओलीले गरे नेपाललाई फोन, आजै वार्ताको तयारी

काठमाडौं,
ताण्डव न्यूज ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपि शर्मा ओलीले लामो समयको संवादहीनता तोड्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई टेलिफोन गरेका छन् ।

ओलीले नेपालसमक्ष वार्ताका लागि प्रस्ताव समेत राखेको एमाले नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले जानकारी दिए ।

Batas

‘उहाँ (केपी ओली) ले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो । तर माधव कमरेडले दुई घण्टापछि कुरा गरौंला भन्नुभएको छ’, नेम्वाङले भने । ओलीले कुराकानी गरेर अगाडि बढ्ने प्रस्ताव राखेको पनि नेम्वाङले बताए ।

यसअघि आजै बालुवाटारमा सम्पन्न एमाले स्थायी कमिटिको बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई गर्ने भनिएको कारबाही फुकुवा गर्ने निर्णय गरिसकेको छ । ओलीले गत बैसाख १६ र २० वैशाखमा चार नेतालाई ६ महिनासम्म निलम्बन गरेको घोषणा सहित कारवाही पत्र पठाएका थिए । उक्त निर्णयबाट ओली ब्याक भएसंगै एमालेमा अब सहमतीका रेखाहरु कोरिएका छन् ।

सरकार ढाल्ने र नया सरकार गठन गर्ने काँग्रेस माओवादीको तयारी भैरहँदा एमालेको माधव नेपाल समूह पनि निर्णायक बनेपछि ओलीले नेपालसंगको वार्तालाई अघि बढाउने तयारी गरेका हुन् ।

२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति आज सम्मको समय दिएकी छिन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.