www.tandavnews.com
Fact ~ In search of truth

मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

काठमाडौं ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।

निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा संकलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

Batas

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पु¥याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौँ पु¥याउने प्रयासमा रहेको जनाएका छन् ।

ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उनले बताए । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।

निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.