www.tandavnews.com
Fact ~ In search of truth

‘भेरोसेल’को दोस्रो मात्रा जेठ २ देखि

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना प्रकाशन गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ ।

Batas

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेका छन् । गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३० गते लगाएकाले जेठ ३, चैत ३१ र वैशाख २ गते लगाएकाले जेठ ४, वैशाख ३ र ४ गते लगाएकाले जेठ ५ तथा वैशाख ५ र ६ गते लगाएकाले जेठ ६ गते दोस्रो मात्राको खोप लगाउन भनिएको छ ।

यस्तै वैशाख ७ देखि १० गतेसम्म लगाएकाले जेठ ७, वैशाख ११ र १२ गते लगाएकाले जेठ ८, वैशाख १३ गते लगाएकाले जेठ ९, वैशाख १४ गते लगाएकाले जेठ १० र वैशाख १५ गते लगाएकालाई जेठ ११ गते खोप लगाउन अनुरोध गरिएको छ । ‘भेरोसेल’ खोपको पहिलो मात्रा गत चैत २५ देखि वैशाख १५ गतेसम्म लगाइएको थियो ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.