www.tandavnews.com
Fact ~ In search of truth

आज दिउँसो चार बजेसम्म माग पुरा नभए सामुहिक राजीनामा दिन्छौः एमाले नेता रावल

काठमाडौँ,
ताण्डव न्यूज ।

एमाले नेता भीम रावलले पार्टीमा आफूहरुले स्थायीत्व चाहेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना माग पूरा गर्न आज दिउँसो चार बजेसम्मको समय सिमा दिईएको बताए ।

ओलीले आफना माग पूरा नगरेको अवस्थामा आफूहरु सबैले राजीनामा दिने नेता रावलको भनाई छ । आफ्ना पदाधिकारीलाई जिम्मेवारी मुक्त गर्ने गरी फागुन २८ गते ओलीले गरेको निर्णय फिर्ता हुनुपर्ने आफ्नो मुख्य माग रहेको बताए ।

Batas

रावलले चार बजेसम्म अध्यक्ष ओली र नेपालबीच वार्ता हुने सम्भावना रहेको र वार्तामा सहमति भएमा स्थायी कमिटीबाट त्यसलाई पारित गर्ने बताए। वार्तामा सहमति नभएमा आफूहरुले राजीनामा दिने र अर्को पार्टी गठन गर्ने निर्णयमा आफ्नो पक्ष पुगिसकेको नेता रावलले बताए।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.