www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार गणेश पौडेलको निधनमा महासंघ गण्डकी र कास्कीद्वारा दुःख व्यक्त

पोखरा,
ताण्डव न्यूज ।

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ को निधनप्रति पत्रकारहरुको छाता संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

पत्रकार महासंघ गण्डकी र पत्रकार महासंघ कास्कीले दुई छुट्टाछुट्टै विज्ञप्ति मार्फत पौडेलको निधनमा शेक व्यक्त गरिएको छ । कोरोना भाइरस रोग (कोभिड—१९० संक्रमण भई विगत ११ दिनदेखि उपचाररत ३८ वर्षीय पौडेलको गण्डकी मेडिकल कलेजमा बिहीबार बिहान साढे पाँच बजे निधन भएको हो ।

Batas

‘यस दुखद् घडीमा पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । यो पीडादायी क्षणमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ महासंघ कास्कीका सचिव माधव बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘महासंघ गण्डकी प्रदेश यस दूखद् घडीमा स्वर्गीय पत्रकार पौडेल प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ गण्डकी प्रदेश समिति शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’महासँग गण्डकीका महासचिव गोविन्द सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए । गण्डकी टेलिजिभनको कार्यक्रम गण्डकी छड्केको छायाँकनमा खटिएकै अवस्थामा पौडेललाई वैशाख २० गते कोरोना संक्रमण भएको थियो । पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमारा निवासी स्वर्गीय पौडेलका आमा, श्रीमती र २ छोरा छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.