www.tandavnews.com
Fact ~ In search of truth

आज गण्डकीमा घटे संक्रमितःकास्कीका २१० सहित ५०६ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज कोरोनाबाट संक्रमित बन्नेको संख्या घटेको छ । आज गण्डकी प्रदेशमा ५०६ जना कोरोनाका संक्रमित थपिएका छन् । यो हिजो थपिएका संक्रमितको तुलनामा ४३५ ले कम हो । हिजो मात्रै गण्डकी प्रदेशमा ९४१ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार आज कास्कीका २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै म्याग्दीका २८,पर्वतका ११, गोरखाका २, लमजुङका २, तनहुँका २७,बागलुङका ११९, स्याङ्जाका १६ र नवलपरासीका ९१ ज्नामा संक्रमण पुष्टि भएको छ । आज मनाङ र मुस्ताङमा भने संक्रमित थपिएनन् ।

Batas

थपिएका संक्रमितसँगै गण्डकीमा संक्रमितको संख्या २५ हजार ९ सय ५३ पुगेको छ । यस्तै आज १४५ जना निको भएर घर फर्केका छन् । हालसम्म प्रदेशमा १८ हजार ६०४ जनाले कोरोना जिते ।

अहिले प्रदेशमा ७ हजार ३१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार ८ सय ६८ जना होमआइसोलेसनमा रहेका छन् ।

आज गण्डकी प्रदेशमा १४ संक्रमितले ज्यान गुमाए ।यो सँगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१८ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.