www.tandavnews.com
Fact ~ In search of truth

ओलीको सरकार विस्थापन गर्ने विपक्षीहरुको योजनामा लाग्यो ब्रेक

काठमाडौं,
ताण्डव न्यूज ।

प्रधानमन्त्री ओलीको सरकार विस्थापन गर्ने विपक्षीहरुको योजनामा ब्रेक लागेको छ । बहुमतको सरकार गठनका लागि दिनभरको प्रयास असफल बनेपछि नयाँ सरकार गठनको सम्भावना सकिँदै गएको हो ।

बहुमतको सरकार गठन गर्ने प्रयास स्वरुप नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । तर सरकारको दावी गर्ने आधार फेला पार्न नसकेपछि अध्यक्ष दाहाल निराश भएर देउवा निवासबाट बाहिरिएका छन् ।

Batas

सरकार गठनका लागि आफूहरुसंगै बहुमत नपुग्ने दुई नेताको निष्कर्ष छ । संवैधानिक प्रावधान अनुरुप धारा ७६ ९२० ले दिएको अधिकार प्रयोग गरी नया सरकार गठनका लागि उनीहरु प्रयासरत थिए ।

जसपाको महन्थ ठाकुर पक्षलाई विश्वासमा लिन नसकेपछि कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षले सरकारको दावी गर्न कठिन भएको हो । सरकार गठनका लागि १३६ सांसद आवस्यक पर्नेमा जम्मा १२४ जना मात्रै सांसद हुने भएपछि विपक्षी दलहरु तनावमा छन् ।

सरकार गठनमा असहयोग गर्ने उद्धेस्य सहित ठाकुरले आफूनिकट १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका छन् । एमालेको माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर तत्काल कायम रहेको संख्या घटाउन आशमा रहेपनि उक्त समूहको राजीनामा समेत अनिश्चित बनेको छ ।

नेपाल पक्षलाई राजीनामाबाट रोक्ने अध्यक्ष ओलीले प्रयत्न गरिरहेको र राजीनामाको विषयमा नेपाल समूहभित्र मतभेद रहेको छ। गठबन्धन सरकार दाबी गर्न राष्टपति दिएको तीन दिनको समय बिहीबार राति ९ बजे सकिँदैछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.