www.tandavnews.com
Fact ~ In search of truth

विवाह भोजबाट कोरोना संक्रमण, एकै परिवारका ३ जनाको मृत्यु

बाग्लुङ,
ताण्डव न्यूज ।

बागलुङको बडिगाड गाउँपालिका–४ मा कोरोना संक्रमणको कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । उनीहरूको एक साताभित्रै मृत्यु भएको हो।

स्थानीयका अनुसार बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाह भोजमा सहभागी भएकाहरुको कोरोना संक्रमणबाट मृत्यु भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा बाबुछोरा छन्। एकै घरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोराको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

Batas
machhapuchre
madi

८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ। यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ।

अधिकांश मानिस डराएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । प्रशासनले भने जेठ १५ सम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.