www.tandavnews.com
Fact ~ In search of truth

पुनः प्रधानमन्त्री नियुक्त भएका ओलीको सपथग्रहण आज दिउँसो

काठमाडौं,
ताण्डव न्यूज ।

नेपालको प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नै नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका रुपमा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई गयराति प्रधानमन्त्री नियुक्त गरेकी हुन । ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम अल्पमतको प्रधानमन्त्री नियुक्त भएका हुन ।

Batas

प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको सपथ भने आज दिउँसो साढे दुई बजे हुनेछ । यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि ओली पदमुक्त भएका थिए ।

राष्ट्रपति भण्डारीले वैशाख २७ गते राति नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम तीन दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गर्न आह्वान गरेकी थिईन ।

त्यो समयभित्र कसैको पनि दाबी पेस नभएको राष्ट्रपति कार्यालयले जनाएको छ । बहुमतीय सरकारका लागि कसैको दाबी पेस नभएपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबभन्दा ठूलो दलको नेताका रुपमा राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.