www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंका अस्पतालले दियो मन्त्रालयलाई अक्सिजन व्यवस्थापनको जिम्मा

काठमाडौं,
ताण्डव न्यूज ।

काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पतालले अक्सिजन व्यवस्थापनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।

मुख्य सचिवको कार्यकक्षमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले आजदेखि आवश्यक अक्सिजन सिलिण्डरको आपूर्तिको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको हो ।

Batas

मेडिकल अक्सिजनको प्रयोग र आवश्यकता सम्बन्धी मापदण्ड, २०७८ अनुसार मन्त्रालयले व्यवस्थापन मिलाउने सीसीएमसीका सहसचिव नुरहरी खतिवडाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले आवश्यक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

सोही निर्णय अनुसार कुन अस्पताललाई कति अक्सिजन दिने भन्ने आदेश पनि आजदेखि स्वास्थ्य मन्त्रालयले नै जारी गर्ने भएको छ । अस्पतालले अक्सिजनको माग फारम नपठाउँदा सीसीएमसीले हिजो अक्सिजन वितरणको आदेश समेत जारी गर्न सकेको छैन । बुधबार जारी भएकै आदेश अनुसार वितरण गर्न अक्सिजन उद्योगहरुलाई निर्देशन दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.