www.tandavnews.com
Fact ~ In search of truth

प्रधामन्त्रीलाई बधाई दिँदै एमाले नेता गौतमले भने:पार्टी एकताको ढोका खुल्यो

काठमाडौं,
ताण्डव न्यूज ।

पार्टी एकढिक्का भएको भन्दै एमाले नेता बामदेव गौतमले खुसी व्यक्त गरेका छन् ।

नेता गौतमले पार्टी एकता जोगाएकोमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई धन्यबाद तथा बधाई भनेका छन् ।
गौतमको आफ्नो स्टाटस सामाजिक सञ्जालमा पोष्ट गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल र अध्ययक्ष ओलीबीचको सम्बादले पार्टी एकताको ढोका खुलेको उल्लेख गरेका छन् ।

Batas

उनी लेख्छन ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क।के।पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क।माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ ।

यो नेकपा(एमाले) का निम्ति एक महत्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति भएकोमा हार्दिक बधाई दिन्छु ।’

जसको कारण यो नै एमालेका निम्ति एक महत्वपूर्ण घटना भएको समेत उनले उल्लेख गरेका छन् । त्यस्तै पार्टी एकता निर्माणका लागि सफलताको कामना समेत गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.