www.tandavnews.com
Fact ~ In search of truth

पुरानै मन्त्रीमण्डललाई निरन्तरता दिने प्रधानमन्त्रीको तयारी, सपथका लागि बोलाईयो

काठमाडौं,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपि शर्मा ओलीको नेतृत्वमा दोश्रोपटक सरकार बन्ने भएपनि साविकको मन्त्रीमण्डललाई नै निरन्तरता दिनेगरी तयारी गरिएको छ ।

तेस्रो पटक आज सपथग्रहण लगत्तै प्रधानमन्त्रीले पुरानै मन्त्रिमण्डलका अधिकांस सदस्यलाई सरकारमा सहभागी गराउने तयारी गरिएको श्रोतले जनाएको छ ।

Batas

राष्ट्रपती भवन शितलननिवासमा प्रधानमन्त्रीको सपथ लगत्तै ओलीले आफ्नो क्याबिनेटमा यसअघि रहेका सबै मन्त्रीलाई पनि आजै सपथ खुवाउने तयारी गरेका हुन् ।

ओली क्याबिनेटमा रहेका दुई जना मन्त्रीहरूले आफूहरूलाई सपथका लागि बोलाइएको बताए । ’सबै मन्त्रीलाई सपथका लागि बोलाएको बुझेको छु। म त अब जान लागेको,’ एक मन्त्रीले भने ।

सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथग्रहण गराउने तयारी गरिएको छ । माओवादी त्यागेर एमालेमा रहेका ७ जना अहिले मन्त्री छन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.