www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाण्डौ,

ताण्डव न्यूज ।

ठूलो दलको हैसियतमा पुन : प्रधानमन्त्री बनेका केपि शर्मा ओलीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन ।

Batas

आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री ओली हिजो राती अवेर तेस्रो पटक अल्पमतको प्रधानमन्त्री नियुक्त भएका थिए ।

ओलीले गत बैसाख २७ गते संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राजिनामा दिएका थिए । विपक्षी सांसदहरुले सरकार गठनका लागि आधार पाउन नसकेपछि संबैधानिक प्रावधान अनुरुप नै ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति भण्डारीले दुई वा दुईभन्दा बढी दलको मिलीजुली सरकार गठनका लागि आह्वान गरेको भएपनि काँग्रेस, माओबादी लगायतका दलहरुले बहुमत जुटाउन सकेनन् ।

अब प्रधानमन्त्रीले आउँदो ३० दिनभित्र संसद्बाट फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.