www.tandavnews.com
Fact ~ In search of truth

आन्तरिक विवाद समाधानका लागि एमालेमा कार्यदल गठन गरिने सहमति

काठमाण्डौ
ताण्डव न्यूज ।

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरिने सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएका छलफलमा दलमा देखिएको विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो । बैठकपछि पत्रकारसंँग कुरा गर्दै एमालेका नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताए ।

Batas

कार्यदलका सदस्यहरुको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिने विषयमा सहमति भएको रावलको भनाई छ । छलफलमा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडैल, रामबहादुर थापा र लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल सहभागी थिए । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी थिऐ ।

हिजो भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरि एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो । त्यहि सहमतिलाई कार्यान्वयन तहमा पु¥याउन दोस्रो तहकासहित नेताहरू छलफलमा जुटेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.