www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : बेकाम बजार डुल्ने ४९६ जना प्रहरी फन्दामा

पोखरा
ताण्डव न्यूज ।

पोखरामा विनाकाम सडकमा हिँड्ने ४९६ जनालाई कारवाही गरिएको छ ।

आज विहानैदेखि दिउँसो ३ बजेसम्म सडकमा हिँड्ने मध्ये महिला ३७७ पुरुष र ११८ महिला गरी ४९५ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । त्यसैगरी मोटरसाईकल र स्कूटर १५३ वटा र विभिन्न अन्य ४४ वटा चारपाङ्ग्रे सवारीलाई पनि कारवाही गरिएको प्रहरी प्रवक्ता सुवास हमालले ताण्डव न्यूजलाई जानकारी दिए । साईकलमा गन्तव्य तर्फ हिँडेकाहरुलाई समेत सम्झाईबुझाई गरी फर्काइएको उनले बताए ।

Batas

आजबाट कास्कीमा थप भएको निषेधाज्ञाको पालना नगर्ने व्यक्तिहरुमाथि प्रहरीले कारवाही गरेको हो । उनीहरु सबैलाई करिब २ घण्टासम्म होल्ड गराएर छाडिएको हमालले बताए । आगामी जेठ ७ गतेसम्म लम्ब्याईएको निषेधाज्ञालाई थप कडा बनाईएपछि तुलनात्मक रुपमा आज पोखराका सडकहरुमा चहलपहल घटेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले आउँदो ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । स्थिति भयावह हुन् नदिन वैशाखसम्म जारी गरिएको निषेधाज्ञाको समयावधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख महिना भरसम्मका लागि समय थपिएको थियो ।

प्रशासनले शानिबारदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने आदेश जारी गरिसकेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.